इटहरीः देशभर कोरोना संक्रमण बढिरहेका बेला संक्रमणको सिकार भई निको भएका मोरङको विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीले आज शनिबार रक्तदान गरेका छन् ।

उपचारका लागि प्लाज्मा थेरापी गर्नुपर्ने संक्रमितलाई सहयोग पुर्याउने उद्देश्यले संक्रमणमुक्त ४० उमेरसम्मका १८ जना प्रहरीले रक्तदान गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए ।

उनका अनुसार नेपाल रेडक्रस सोसाइटीको विराटनगर शाखाले उपलब्ध गराएको प्राविधिक सहयोगबाट जिप्रका परिसरमै रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।