इटहरीः सुनसरीमा हालसम्म पाँच हजार चार सय ७८ जना कोरोना संक्रमितको पहिचान भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्क अनुसार कुल संक्रमितमध्ये हालसम्म एक सय आठ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । जिल्लामा निको हुने संक्रमितको संख्या तीन हजार एक सय ४४ जना रहेको कार्यालयकी कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सृजना लिङ्थेपले जानकारी दिइन् । यता, सुनसरीकै धरान उपमहानगपालिका क्षेत्रमा आज २६ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणबाट यो संख्यामा संक्रमित पहिचान भएको हो । यससँगै उपमहानगरमा हालसम्म जम्मा तीन हजार ६० जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए । धरानका कुल संक्रमितमध्ये हालसम्म ६३ जनाको ज्यान गएको उनको भनाइ छ ।