इटहरीः पछिल्लो २४ घण्टामा नेपालभर दुई हजार सात सय ५३ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

देशका विभिन्न प्रयोगशालामा भएका १० हजार चार सय २३ ओटा नमूनाको पीसीआर परीक्षणबाट यो संख्यामा संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या एक लाख ९१ हजार ६ सय ३६ जना पुगेको मन्त्रालयको भनाइ छ ।

संक्रमितमध्ये आज देशभर दुई हजार दुई सय ६ जना निको भई घर फर्केका छन् । यसका साथै हालसम्म देशभर एक लाख ५५ हजार एक सय १४ जना संक्रमणबाट मुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । यता,आज देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाका कारण कुल एक हजार ८७ जनाले ज्यान गुमाएको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार हाल देशभर ३५ हजार चार सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । देशको कोरोना संक्रमित मृत्युदर ०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।