इटहरीः झापाको भद्रपुर ५ घर भएका एक जना कोरोना संक्रमित पुरुषको आज आइतबार बिहान मुत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाल जेसिसका पूर्वउपाध्यक्ष तथा पूर्वगाविस सचिवसमेत रहेका ६३ वर्षीय कुमुदचन्द झा रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कात्तिक २१ गते गरिएको स्वाब परीक्षणबाट संक्रमित पुष्टि भएका झाको आज बिहान करिब ४ः१५ बजे मृत्यु भएको कार्यालयका फोकल पर्सन जीवन चौलागाईँले जानकारी दिए ।

मृतक झाले सन् १९९६ मा भद्रपुर जेसिसको अध्यक्षका रुपमासमेत काम गरेका थिए ।