इटहरीः आज आइतबार नेपालमा दुई हजार आठ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा आज गरिएका १२ हजार तीन सय ३१ नमुनाको पीसीआर परीक्षणपछि यो संख्यामा संक्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभरमा हालसम्म कुल एक लाख ९४ हजार चार सय ५३ जना पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार आठ सय १२ संक्रमित निको भएका छन् । यससँगै निको हुने संक्रमितको कुल संख्या एक लाख ५७ हजार नौ सय २६ जना पुगेका छन् । निको हुने दर ८१.१ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी, आज देशभर २१ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार एक सय आठ पुगेको छ । हाल देशभर ३५ हजार चार सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।