इटहरीः सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा आज सोमबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हिजो एन्फा क्वारेन्टाइन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलन गरिएका स्वाबको परीक्षण नतिजा अनुसार ३३ जना संक्रमितको पहिचान भएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेशकुमार मेहताले बताए । यससँगै धरानमा हालसम्म कुल तीन हजार एक सय पाँच जनामा संक्रमण देखिएको उनको भनाइ छ ।