इटहरीः कोरोना संक्रमणका कारण ज्यान गुमाएका सुनसरीको इटहरी घर भएका दिनानाथ गुरागाईँको नाममा आज सोमबार अक्षयकोष स्थापना गरिएको छ ।
गुरागाईँको परिवारले स्थानीय श्री ज्योति मा.वि.मा स्थापना गरिदिएको दिनानाथ बिन्दा छात्रवृत्ति अक्षयकोषको राशी दुई लाख एक हजार रुपैयाँ रहेको पारिवारिक श्रोतले बताएको छ । स्वर्गीय गुरागाईँको तेह्रौँ पुण्य तिथिका अवसरमा उनले शिक्षकका रुपमा अध्यापन गरेको विद्यालयमा स्थापना गरिएको अक्षयकोषका संरक्षक गुरागाईँका जेठा छोरा बुहारी दीवस र सुलोचना गुरागाईँ रहेका छन् ।
यसैगरी, गुरागाईँका कान्छा छोरा बुहारी सुवास र जयन्ती गुरागाईँ तथा छोरी ज्वाईँ योजना र गोपाल ढकाल अक्षयकोषका सञ्चालक रहेका छन् । वि.स. २०२७ देखि ३१ बर्षसम्म अध्यापन गरेका स्वर्गीय गुरागाईँले आफ्ना तीनै जना सन्तानलाई पनि सोही विद्यालयमा पढाएका थिए ।