इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको आज सोमबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ घर भएका ६५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कात्तिक १३ गते संक्रमण पुष्टि भई घरमै आइसोलेसनमा रहेका पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि कात्तिक २३ उनलाई उपचारार्थ प्रतिष्ठानमा भर्ना गरिएकोमा आज बिहान ९ः०५ बजे उपचारका क्रममा उनको मृत्यु भएको हो ।