इटहरीःआज सोमबार नेपालमा थप २ हजार ५ सय ७१ जना कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै देशभर हालसम्म एक लाख ९७ हजार २४ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १ सय ७७ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । उनका अनुसार आज देशभर १ हजार ७ सय ९८ जना संक्रमित निको भएसँगै निको हुने संक्रमितको कुल संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ ।

प्रवक्ता गौतमले आज देशभर १८ जना संक्रमितले ज्यान गुमाएको बताउँदै हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक हजार एक सय २६ पुगेको जानकारी दिए । हाल नेपालमा ३६ हजार एक सय ७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ । यसैगरी,नौ सय ६७ जना संकास्पद संक्रमित क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।