इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा आज मंगलबार एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा उदयपुरको चौदण्डिगढी नगरपालिका २ घर भएका ४२ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार गत कात्तिक १४ गते प्रतिष्ठान भर्ना भएका पुरुषको पीसीआर जाँच गर्दा १६ गते संक्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचाररत रहेकोमा निजको उपचारका क्रममा आज दिउँसो १२ः३० ज्यान गएको हो । मृतक पुरुषमा कुनै दीर्घ रोग नरहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।