इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाका कोरोना कोरोना संक्रमित दम्पतिको दुई दिनको अन्तरमा ज्यान गएको छ ।
६७ वर्षीया महिलाको सोमबार बिहान १०ः३० बजे घरमै मृत्यु भएकोमा मृत्युपछि गरिएको पीसीआर परीक्षणबाट उनीमा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए ।
उनका अनुसार मृतक महिलाका ७४ वर्षीय पतिमा कात्तिक २४ गते संक्रमण पुष्टि भई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा स्वास्थ्यमा सुधार नआएको भन्दै परिवारद्वारा घर फर्काइएका उनको बुधबार बिहान घरमा नै ज्यान गएको हो ।