इटहरीः सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा आज बुधबार बिहान २७ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
एन्फा क्वारेन्टाइन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलित स्वाब नमुनको पीसीआर परीक्षणको नतिजाबाट २७ जनामा संक्रमण देखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए । यसका साथै धरानमा हालसम्म तीन हजार एक सय ८४ जना संक्रमित पहिचान गरिएको उनको भनाइ छ ।