इटहरीःआज देशभर दुई हजार पाँच सय ६९ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
यससँगै हालसम्म देशभरमा कुल दुई लाख २ हजार तीन २९जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर एक हजार ६ सय ६६ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । यससँगै हालसम्म देशभर निको हुने संक्रमितको संख्या एक लाख ६२ हजार २४३ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
आज देशभर संक्रमणबाट २६ जनाले ज्यान गुमाएका छन् । यससँगै संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या हालसम्म एक हजार एक सय ७४ जना पुगेको छ । हाल नेपालमा ३८ हजार नौ सय १२ जना सक्रिय संक्रमितहरु रहेका छन् । आज देशभर १० हजार ८१ जनाको पीसीआर परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।