इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान १४ घर भएका ७३ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार कात्तिक २३ गते संक्रमण पुष्टि भई २६ गते उपचारार्थ कोभिड उपचार केन्द्र्रमा भर्ना भएका पुरुषको उपचारका क्रममा आज बिहान १०ः५५ बजे ज्यान गएको हो । मृतक पुरुष हाइपरटेन्सन नामक मानसिक समस्याबाट लामो समयदेखि पीडित रहेको सहप्रवक्ता श्रेष्ठले बताए ।