इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १८ घर भएका राष्ट्रियसभाका पूर्वसांसद इन्द्रहाङ लिम्बूको कोरोना संक्रमणका कारण आज बिहान ज्यान गएको छ ।

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वकालमा सोही पार्टीका तर्फबाट २०४८ सालमा राष्ट्रियसभा सदस्यका रुपमा काम गर्ने अवसर पाएका ९२ लिम्बू कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेकोमा उनको आज बिहान घरमा नै ज्यान गएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए ।

पछिल्लो समय समाजसेवामासमेत सक्रिय रहेका लिम्बू राजनीतिक रुपमा नेपाली कांग्रेसमा आबद्ध रहेकोमा केही समय तत्कालीन नेकपा माओवादीमा प्रवेश गरी पुनः कांग्रेसमै समाहित भएका थिए ।