इटहरीः सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा आज २३ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
यससँगै हालसम्म धरानमा कुल तीन हजार दुई सय सात जना कोरोना भाइरसबाट संक्रमित भएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए ।
उनका अनुसार एन्फा क्वारेन्टाइन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलन गरिएका स्वाब नमुनाको परीक्षणबाट २३ जना संक्रमितको पहिचान भएको हो । हालसम्म संक्रमणका कारण धरानमा ६६ जनाको ज्यान गइसकेको स्वास्थ्य शाखाको तथ्याङ्क छ ।