इटहरीःआज नेपालमा एक हजार ९१३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरुमा सात सय ५९ जना महिला र एक हजार एक सय ५४ जना पुरुष छन् ।
उनीहरू विभिन्न जिल्लाका हुन् । यससँगै संक्रमितको कुल संख्या हालसम्म दुई लाख चार हजार दुई सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये ३४ प्रतिशत अर्थात् ६८,७११ महिला र बाँकी एक लाख ३५ हजार पाँच सय ३१ जना पुरुष भएको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये आज देशभर दुई हजार तीन सय ४९ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या एक लाख ६४ हजार पाँच सय ९२ जना पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
यससँगै निको हुने दर ८०.६ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १५ जना संक्रमितको ज्यान गएको छ । यससँगै संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या एक हजार एक सय ८९ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ३८ हजार चार सय ६१ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये २९ हजार तीन सय ८४ सङ्क्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ । देशभरका तीन सय ७३ जना संक्रमितको आइसीयूमा र ८७ जनाको भेन्टिलेटरमा उपचार जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।