इटहरीःआज नेपालमा दुई हजार एक सय ११ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै देशभरका कोरोना संक्रमितको कुल संख्या दुई लाख ६ हजार तीन सय ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा गरिएका नौ हजार पाँच सय ३३ स्वाब नमुनाको पीसीआर परीक्षणबाट दुई हजार एक सय ११ जनामा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये महिलाको संख्या आठ सय ५४ रहेको छ । आज देशभर तीन हजार पाँच सय ३७ जना संक्रमित निको भएपछि निको हुने संक्रमितको कुल संख्या एक लाख ६८ हजार एक सय २९ जना पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
संक्रमण निको हुने दर ८१.५ प्रतिशत पगेको छ । यसैगरी आज देशभर १३ जना संक्रमितको ज्यान गएको छ । यससँगै मृतक संक्रमितको कुल संख्या एक हजार दुई सय दुई जना पुगेको छ । हाल देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् ।