इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको ज्यान गएको छ ।
मृत्यु हुनेमा सुनसरीकै बराहक्षेत्र नगरपालिका ५ घर भएकी १९ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हिजो कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ कोभिड उपचार केन्द्रमा भर्ना भएकी महिलालाई आइसोलेसनमा राखी उपचार भइरहेकोमा आज बिहान ४ः३० बजे उपचारका क्रममा उनको ज्यान गएको हो । मृतक महिला पाँच दिनअघि सुत्केरी भएको सहप्रवक्ता श्रेष्ठको भनाइ छ ।