इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको उपचारका क्रममा हिजो ज्यान गएको छ ।

मृत्यु हुनेमा झापा घर भएकी २५ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार गत कात्तिक २६ गते कोभिड अस्पतालमा भर्ना भएकी महिलाको पीसीआर परीक्षण गरिएकोमा सोको भोलिपल्ट उनलाई संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो । आइसोलेसनमा उपचाररत रहेकी उनको उपचारका क्रममा गएराति १०ः३० बजे ज्यान गएको सहप्रवक्ता श्रेष्ठले बताए ।