इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा हिजो एक जना कोरोना संक्रमित महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मोरङको मिक्लाजुङ गाउँपालिका घर भएकी ७५ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । गत कात्तिक २८ गते संक्रमण पुष्टि भई उपचारार्थ सोही दिन कोभिड अस्पताल भर्ना भएकी महिलाको उपचारका क्रममा हिजो सोमबार बिहान ७ः२० बजे ज्यान गएको सहप्रवक्ता श्रेष्ठको भनाइ छ । मृतक महिलामा कुनै दीर्घरोग नभएको उनले बताए ।