इटहरीः संघीय सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना महामारीका कारण घोषणा भएको देशव्यापी लकडाउनका कारण बन्द रहेका विद्यालय सुचारु गराउने भएको छ ।

मन्त्रालयले विद्यालय सञ्चालनको मापदण्ड लगायतका आधारभूत विषय समावेस गरी ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धि कार्यढाँचा, २०७७’ जारी गरी विद्यालय खुलाउने भएको हो । यो कार्यढाँचा कात्तिक २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको थियो । अब संक्रमण्को जोखिम कम भएका क्षेत्रका विद्यालयहरु स्थानीय तहको नियन्त्रणमा रही सञ्चालनमा आउने छन् ।

स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरी सोको जानकारी संघीय सरकारलाई समेत दिनुपर्ने भएको छ । स्थानीय तहले जोखिम मूल्याङ्कन गरी सबै कक्षा एकै पटक वा समय विभाजन गरी कक्षा सञ्चालन गर्न पाउने छन् । यसअघि स्थानीय तहहरुले कोरोना संक्रमितको व्यवस्थापनका लागि क्वारेन्टाइन, होल्डिङ सेन्टर वा आइसोलेसन सेन्टरका रुपमा प्रयोग गरेका विद्यालय भवनको निर्मलीकरण गरेर मात्र सञ्चालनमा ल्याउनुपर्ने व्यवस्था कार्यढाँचामा गरिएको छ ।

‘मन्त्रिपरिषदको मिति २०७७र६र२२ को निर्णयबाट कोभिड–१९ को जोखिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा आलोपालो सिफ्ट लगायतका उपयुक्त मोडालिटी अपनाई विद्यालय पठनपाठन सञ्चालन गर्न गराउन सैद्धान्तिक स्वीकृति दिइएको छ’ कार्या ढाँचामा भनिएको छ ।

मन्त्रालयले विद्यालय सञ्चालन र २०७६ चैत्रमा स्थगित भएको माध्यमिक शिक्षा उतीर्ण परीक्षा९कक्षा १२०को पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विधि,पद्धति र प्रक्रिया र अन्य आवश्यक व्यवस्था मिलाई सञ्चालन गर्न पनि कार्यढाँचामार्फत अनुमति दिएको छ । कार्यढाँचा अनुसार विद्यालय बन्द गर्ने अवस्था आएमा विद्यालयले बन्द गर्नुपर्नेछ ।