इटहरीः झापाको बाह्रदशी र झापा गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमित भएपछि दुवै कार्यालय बन्द गरिएका छन् ।

आजदेखि कार्यालय खुल्ने कार्यतालिका रहेकोमा कर्मचारी संक्रमित भएपछि दुवै कार्यालयले सूचना जारी गरी कार्यालय नखोल्ने बताएका हुन् । बाह्रदशी गाउँपालिकामा कार्यरत ओभरसियर संक्रमित भई होम आइसोलेसनमा रहेकोमा सो कार्यालयले मंसिर ६ गतेसम्मका लागि कार्यालय बन्द गरेको छ । सो कार्यालय मंसिर ७ गतेदेखि सुचारु हुने बताइएको छ । महामारीको असर न्यूनीकरण नभएकाले जोखिमलाई मध्यनजर गर्दै कार्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी, १२ जना कर्मचारीमा संक्रमण पुष्टि भई सबै संक्रमित होम आइसोलेसनमा रहेको झापा गाउँपालिकाले कात्तिक ९ गतेसम्म कार्यालयको सेवा बन्द गर्ने भएको छ । गाउँपालिका अध्यक्ष जयनारायण साहका अनुसार कात्तिक २७ गतेदेखि बन्द रहेको सो कार्यालय मंसिर १० गतेदेखि सुचारु हुनेछ ।