इटहरीः भारतको गुजरात राज्यस्थित बडोदरामा भएको सवारी दुर्घटनामा परी १० जनाको ज्यान गएको छ ।

आइसर र टेलर एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा १५ जना घाइते भएकोमा उनीहरुलाई उपचारार्थ स्थानीय एसएसजी अस्पतालमा पठाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुरतबाट पावगढको दर्शनका लागि गइरहेको तिर्थयात्री सवार बस दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै गुजरातका मुख्यमन्त्री विजय रुपाणीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै उनले राज्य सरकारका तर्फबाट मृतक तथा घाइतेका परिवारलाई राहत प्रदान गरिने बताएका छन् । -एजेन्सी