सुनसरीः लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इनरुवाबाट धरानका दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ कात्तिक ९ गते साँझ ७ः३० बजे इनरुवा नगरपालिका–४ बसचोकस्थित अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेका धरान उपमहानगरपालिका–५ निवासी २६ वर्षीय विशाल आछामी र ३८ वर्षीय बिरु लिम्बुलाई शंका लागेपछि प्रहरीले शरीर खानतलासी गरेको थियो।
सो क्रममा विशाल आछामीको मलद्वारबाट ब्राउन सुगर ४ ग्राम ७८० मिलिग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















