काठमांडौः ब्यवसायिकता जस्तोसुकै भएता पनि नेपाली गीत संगीतको माध्यमबाट सामाजको आवाज बुलन्द गरिरहेका सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीको पछिल्लो सांगीतिक प्रस्तुति ूमेरो हजुरू प्रकाशनमा आएको छ । डोल्पा जिल्लामा जन्मिएर काठमांडौलाई आफ्नो सांगीतिक पाठशाला बनाएका उनले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । 'उनको पानसमा बत्ति बालेको, फापरको पिठो पठाइदेउ आमा, पागलै बनौला, तिमि बाट म टाढा हुँदै छु, लगायतका थुप्रै गीतहरु आज पनि असंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइमाा परिरहेका छन् ।

vlcsnap-2020-11-19-13h01m46s942

उनै गायक तथा सर्जक बिमल डाँगीले पछिल्लो सांगीतिक प्रस्तुति 'मेरो हजुर' ले पनि असंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने देखिन्छ । किन कि गीतमा प्रयोग भएका लय शब्द तथा स्वरले माया प्रेमको बन्धनमा बाँधिएका जोडीको प्रेम भावलाई थप प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । तसर्थ यस गीतलाई पनि सामाजिक यथार्थ भित्रको प्रष्टता भन्दा फरक नपर्ला । त्यसो त पछिल्लो समय बजारमा आएका गीतहरुले छोटो चर्चा परिचर्चा मात्र पाउने गरेको हामी मनन गर्न सक्दछौं । गायक तथा सर्जक विमलका प्रस्तुतिले भने सदाबहार श्रोता तथा दर्शकहरुको मन जितिरहेको हुन्छ ।

यिनै गीतको चौतर्फी सफलतापछि बजारमा आएको बिमलको “मेरो हजुर” बोलको गीतमा बिमल डाँगी र उनकै अर्धांगिनी सरिता डाँगीको स्वर सुन्न सकिन्छ । हामीले यो पनि अड्कल काट्न सक्छौं कि, गीतको भाव अनुसार, सम्पूर्ण संगीत पारखीहरुलाई केन्द्रित गर्दै पस्किएको यो गीत बिमलले आफ्नै अर्धांगिनीलाई कुनै अवसर पारेर उपहार प्रदान गरिरहेका छन् । बिमल डाँगी कै लय शब्दबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र निता ढुंगानाको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती, शम्भु मोक्तान र सम्पादन विष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=Dydv4UhwCJI&feature=emb_title