इटहरीः भाारतको उत्तरप्रदेश राज्यस्थित प्रतापगढ जिल्लामा गएराति भएको सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् ।
मृतकमध्ये ६ जना बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शेखपुरा गाउँबाट जन्ती लिएर फर्कने क्रममा जीप सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएपछि जीपमा सवार सबै यात्रुको ज्यान गएको हो । दुर्घटनाका कारण जीप पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीको भनाइ छ ।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । यद्यपी, चालकको लापरबाहीका कारण दुर्घटना भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । मध्यरातमा दुर्घटना भएकाले यस्तो आशंका गरिएको हो । यसैबीच, दुर्घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । -एजेन्सी