इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भएकी ७१ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।
मंसिर ४ गते अर्थात हिजो कोरोना संक्रमण पुष्टि भई उपचारार्थ सोही दिन प्रतिष्ठानमा भर्ना भएकी महिलाको उपचारका क्रममा हिजै राति ८ः३० बजे ज्यान गएको श्रेष्ठको भनाइ छ । उनका अनुसार मृतक महिला निमोनियाबाट पीडित रहेकी थिइन् ।