इटहरीः मोरङको कानेपोखरी २ पाँचपोखरी घर भएकी एक महिला लामो समयदेखि मृगौला रोगबाट पीडित छिन् ।

दुवै मृगौलाले काम गर्न छोडेको भन्दै ३४ वर्षीया निरु परियारले उपचारका लागि आर्थिक सहयोग गरी जीवन बचाइदिन सर्वसाधारणमा अनुरोध गरेकी छन् । मृगौलाले काम नगरेपछि डाइलासिसको सहारामा बाँचिरहेकी परियारलाई प्रत्येक हप्ता तीन पटकसम्म डाइलासिस गराउनुपर्ने बाध्यता छ । एक छोराकी आमासमेत रहेकी उनका श्रीमान मानसिक रोगी रहेकाले उपचार खर्च जुटाउन समस्या भएको हो ।

चिसाङ खोलाको किनारमा सुकुम्बासी जग्गामा बस्दै आएकी उनको जग्गासमेत कटानमा परेपछि उनी अहिले घरबारविहिन बनेकी छन् । उपचारका लागि सहयोग गर्न चाहनेहरुले एनआइसि एसिया बैंकको खाता नं D385987511852401 मा सहयोग रकम जम्मा गरिदिन उनले आग्रह गरेकी छन् । साथै, उनको सम्पर्क नम्बर 9811085125 मा फोन गरेर पनि सहयोग रकम हस्तान्तरण गर्न सकिनेछ ।