इटहरीः आज नेपालमा एक हजार नौ सय ४५ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या हालसम्म दुई लाख १६ हजार नौ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज पहिचान भएका संक्रमितमध्ये महिलाको संख्या सात सय ४० जना र पुरुषको संख्या एक हजार दुई सय पाँच जना रहेको छ ।

मन्त्रालयका अनुसार आज देशभरका पाँच हजार तीन सय ६४ जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कुल एक लाख ९१ हजार दुई संक्रमित निको भएका छन् । संक्रमण निको हुने दर ८८ प्रतिशत पुगेको छ ।

आज देशभर २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यसका साथै मृतक संक्रमितको कुल संख्या हालसम्म एक हजार दुई सय ९८ जना पुगेको छ । हाल देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ । आज देशभरका विभिन्न प्रयोगशालामा १० हजार तीन सय ४० स्वाब नमुनाको पीसीआर परीक्षण सम्पन्न भएको बताइएकोे छ ।