बेलबारीः मोरङको बेलबारी नगरपालिकाले पूर्ण सरसफाई मार्गदर्शन २०७३ अनुसार स्वच्छ सफा नगर निर्माणका निम्ति आफ्नो नगर क्षेत्रभित्रका वडा टोलभित्रका घरहरुलाई सरसफाईको आधारमा वर्गिकरण गर्ने कार्य सम्पन्न पश्चात् पूर्ण सरसफाइयुक्त वस्ती घोषणा गरेको छ।नगरपालिकाले पहिलो चरणमा वडा नं ११ को मिलनटोल,वडा नं ८ को आदर्श टोल र वडा नं १० को हिमाली टोललाई नमुना वस्तीका रुपमा काम सुरु गरेको थियो।

आधारभूत सरसफाइका सम्पूर्ण मापदण्ड पूरा गरेका घरहरुको अनुगमन गरि केही दिन अघिमात्र हरियो स्टिकर वितरण गरेको नगरपालिकाकी उपमेयर एवम् अनुगमन समिति संयोजक ढाकाकुमारी पराजुलीले बताइन्।स्टिकर वितरण गर्ने कार्यको औपचारिक थालनी जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख नरेश प्रसाद पोखरेलले बेलबारी नगरपालिकाका उपप्रमुख एवम् अनुगमन समितिका संयोजक ढाका कुमारी पराजुलीलाई सफा स्वच्छ क्षेत्रको प्रतीक हरियो स्टिकर हस्तान्तरण गरी बेलबारी नगरपालिकामा प्रमाणीकरणको थालनी गरिएको थियो।

126121434_851470435428868_1440759454896179713_n
सरसफाईका ६ ओटा सुचकको आधारमा घरआँगन र परिवारको स्वास्थ्य–व्यवहार हेरेर गाउँस्तरीय पालिकास्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिको सिफारिसमा जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिले हरियो स्टिकर दिने गर्छ ।जुन घरका सदस्य चर्पीमा दिसापिसाब गर्छन्, फर्केर साबुनपानीले हात धुन्छन्, त्यसले हरियो स्टिकर पाउँछ । हरियो स्टिकर पाउन घर र आँगनसमेत सफा हुनुपर्छ, अनि खाना र पानी पनि अनियमित र दूषित हुनुहुन्न लगायतका सूचकका आधारमा घरमा हरियो स्टिकर टाँसिएको छ
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङले कुनै पनि घरधुरीलाई सफा र स्वच्छ क्षेत्र प्रमाणीकरण गर्नका लागि सो घरधुरीले सबै सूचकमा गरी १०० अंक प्राप्त गर्नुपर्ने व्यवस्था जिल्ला सरसफाइ मार्गदर्शनको अनुगमन खण्डमा उल्लेख गरेको छ । सरसफाइका सूचकहरुलाई ६ खण्डमा वर्गीकरण गरी तिनका प्रत्येक उपसूचकहरुलाई समेत अंकभार दिइएको छ, जसका आधारमा सम्बन्धित टोल विकास संस्था वा टोल पूर्ण सरसफाइ व्यवस्थापन समितिले स्वअनुगमन गरी अनुगमन तालिकामा अंक दिंदै जानुपर्ने प्रावधान छ ।

प्रत्येक अनुगमनका क्रममा अंक दिंदै जाँदा तीन पटकको अनुगमनमा सतप्रतिशत अंक प्राप्त गर्ने घरधुरीले हरियो स्टिकर प्राप्त गर्ने युएन ह्याविट्याडका प्रोग्राम कोअर्डिनेटर विनोद शर्माले बताए।बिहिवार बेलबारी नगरपालिकाले दुई साझेदार संस्थाहरुसहितको उपस्तिथिमा सरसफाइका सम्पूर्ण मापदण्ड पूरा गरेर हरियो स्टिकर पाउने बेलबारी ८ को आदर्श टोल र बेलबारी ११ को मिलन टोललाई पूर्ण सरसफाइयुक्त नमुना टोल घोषणा गरेको छ।
“सफा र स्वच्छ वातावरणमा बाँच्न पाउनुलाई नेपालको संविधानले व्यक्तिको मौलिक हकको रुपमा स्थापित गरेको छ।बेलबारी नगरपालिकाका उपप्रमुख एवम् अनुगमन समितिका संयोजक ढाकाकुमारी पराजुलीले पाँच वर्षभित्र जिल्लालाई नै सफा र स्वच्छ क्षेत्रको अवस्थामा पुर्याउने जिल्लाको लक्ष्य कठिन र महत्वाकांक्षी जस्तो देखिए पनि सबै स्थानीय तह, वडा, टोल र घरधुरीले अभियान सञ्चालन गरेर यसलाई सफल पार्नुपर्नेमा जोड दिइन ।

126050403_383610136419601_3518981243500466250_n

 

“सफा र स्वच्छ वातावरणमा बाँच्न पाउनुलाई नेपालको संविधानले व्यक्तिको मौलिक हकको रुपमा स्थापित गरेको छ”,उपप्रमुख पराजुलीको भनाइ छ(नागरिकको संवैधानिक हकको सम्मान र रक्षा गर्नुका साथै सरसफाइ र स्वच्छताको माध्यमबाट समृद्धिका लागि पूर्ण सरसफाइ अभियानलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्छ।सरसफाइसँगै आत्मनिर्भर बन्न उद्द्मशीलतालाई पनि जोड दिन नगरपालिकाले सहयोगी भूमिका निर्वाह गर्ने कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी उपमेयर पराजुलीले बताइन्।पूर्ण सरसफाइका लागि बेलबारी नगरपालिकाले युएन ह्याबिट्याट र नारी विकास संघसंग समन्वय गरि काम गरिरहेको छ।

126157505_681893425804798_3437242108734367874_n