इटहरीः गायिका नित्या शिवाको आवाजमा रहेको ”डोली चढाई लैजाउ ” गीतको भिडियो सार्वजनिक भएको छ ।

सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ । प्रेमका प्रेमील शब्दहरुलाई निकै कुशल रुपमा समेटिएको छ । युवा अवस्थाको प्रेम र रोमान्सलाई गीतमा समेटन खोजिएको छ ।

कृष्ण पाण्डेको छायाँकन, विश्वास भण्डारीको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ ।गीतको भिडियोमा आर्या श्रीवास्तव र प्रिन्स राईको फिचरिङ रहेको छ ।