काबुलः अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूले गरेको रकेट आक्रमणमा परी आठ जनाले ज्यान गुमाएका छन् ।

आक्रमणबाट तीस जनाभन्दा बढी मानिस घाइते भएका छन् । अधिकांश घाइतेहरु गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुको अनुमान छ । ट्रकबाट भएको रकेट प्रहारबाट दर्जनौँ सवारीसाधन क्षतिग्रस्त भएका छन् ।

हमलामा २३ राउण्ड रकेट प्रहार भएको छ । इस्लामिक आतङ्ककारी संगठन आईएसले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । भोलि काबुलमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेयो तालिबानी मध्यस्तकर्तासँग शान्तिवार्ताको पूर्वतयारीका लागि उपस्थित हुने कार्यक्रम छ । आक्रमण यसै छलफललाई अवरोध पुर्याउने मनसायले गराइएको बुझिएको छ । -एजेन्सी