इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापाको बाहुनडाँगी ४ मेचीनगर घर भएका ४५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार मंसिर १ गते संक्रमण पुष्टि भई घरमै आइसोलेसनमा रहेकोमा स्वास्थ्य अवस्था जटिल बनेपछि ३ गते उपचारार्थ प्रतिष्ठानमा भर्ना भएका पुरुषको उपचारका क्रममा आज बिहान १ बजे ज्यान गएको हो । मृतक पुरुषमा कुनै पनि दीर्घरोग नभएको सहप्रवक्ता श्रेष्ठले प्रष्ट पारे ।