इटहरीः उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा आज बिहान बम विस्फोट भएको छ ।

कार्यालयको हेल्प डेस्क राखिएको स्थानमा भएको बम विस्फोटबाट कार्यालयका दुई ओटा कोठा क्ष्तिग्रस्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार विस्फोटको कारण हालसम्म खुल्न नसकेकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।