इटहरीःआज देशभर एक हजार ६ सय ६९ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख २० हजार तीन सय आठ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये आज देशभर पाँच हजार ६ सय ९९ जना निको भएका छन् ।

यससँगै देशभर निको हुने संक्रमितको संख्या एक लाख ९९ हजार २४ पुगेको मन्त्रालयको तथ्याङ्क छ । आज देशभर १६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । यससँगै नेपालमा मृतक संक्रमितको संख्या एक हजार तीन सय २१ पुगेको छ ।

आज देशभरका विभिन्न प्रयोगशालामा आठ हजार ३२ स्वाब नमुनाको पीसीआर परीक्षण सम्पन्न भएको छ । हाल देशभर १९ हजार नौ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।