इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमितको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलामको इलाम नगरपालिका १ घर भएका २५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार मंसिर ५ गते संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएका पुरुषको आइसोलेसनमा उपचार भइरहेकोमा उनको गएराति ९ः३० बजे उपचारका क्रममा ज्यान गएको हो । मृतक पुरुषमा हड्डी तथा फोक्सोको क्यान्सर रहेको उनको भनाइ छ ।