इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा नगरपालिका घर भएका ६७ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार गत कात्तिक २६ गते संक्रमण पुष्टि भई घरमै आइसोलेसनमा रहेका पुरुषको स्वास्थ्य अवस्था जटिल बनेपछि मंसिर १ गते उपचारार्थ प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना भएकोमा उनको आज बिहान ६ः४० बजे ज्यान गएको हो ।
मृतक पुरुषमा लामो समयदेखि मधुमेहको समस्या रहेको सहप्रवक्ता श्रेष्ठको भनाइ छ ।