इटहरीः अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको प्रशासन समूहले आगामी जनवरी २० देखि राष्ट्रपति कार्यालयका आधिकारिक सामाजिक सञ्जाल एकाउन्टमा पहुँच पाउने भएको छ ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटर सञ्चालक कम्पनीले नै एकाउन्ट बाइडेन प्रशासनलाई सुम्पने निर्णय गरेपछि उनको पहुँच सुनिश्चित भएको हो । फेसबुक र ट्वीटरमा २उयतगक एकाउन्ट राष्ट्रपति कार्यालयबाट सञ्चालित छन् । हाल बहाल रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने व्यक्तिगत एकाउन्टबाटै कार्यालयीय गतिविधि बारेका सूचनासमेत सार्वजनिक गर्ने गरेका छन् । नयाँ राष्ट्रपतिले पद बहाली गर्नासाथ आधिकारिक सामाजिक सञ्जालमा उनलाई पहुँच दिने विगतको परम्परालाई निरन्तरता दिँदै यस पटक पनि तयारी सुरु गरिएको जानकारी ट्वीटरले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई दिएको छ ।
रिपोर्टअनुसार २एइत्ग्क् अकाउन्ट हस्तान्तरण गर्दा यसमा बाहिरिने ट्रम्पको टोली र भित्रिने बाइडेन टिमबीच कुनै जानकारी आदानप्रदान हुन आवश्यक पर्ने छैन । यही विषयमा ट्विटरले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएका बाइडेन र ह्यारिससँग पनि छलफल गर्ने बताएको छ । नोभेम्बर ३ मा सम्पन्न निर्वाचनबाट उपराष्ट्रपति कमला ह्यारिससँगै राष्ट्रपति जो बाइडेनले अत्याधिक बहुमतका साथ विजय प्राप्त गरेका छन् ।
तर बाइडेनका प्रतिद्वन्द्वी ट्रम्प भने निर्वाचन परिणाम स्वीकार गर्न अनिच्छुक देखिएका छन् । यद्यपी, ट्रम्पले निर्वाचन परिणाम बदर गर्न माग गर्दै विभिन्न राज्यका अदालतमा दायर गरेका रिटहरु खारेज हुने क्रम जारी छ । यसले बाइडेनको नियुक्ति निश्चितप्रायः बनेको छ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० तारिखमा पदभार ग्र्रहण गर्ने संवैधानिक प्रचलन रहेको छ । अमेरिकी राष्ट्रपतिको पदावधि चार वर्षको हुन्छ । -एजेन्सी