इटहरीः आज देशभर एक हजार नौ सय ८० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै हालसम्म नेपालमा संक्रमितको कुल संख्या दुई लाख २२ हजार दुई सय ८८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितहरुमा सात सय ८९ जना महिला रहेका छन् भने पुरुषको संख्या एक हजार एक सय ९१ रहेको छ । आज देशभर तीन हजार ४३ जना संक्रमित निको भएसँगै नेपालमा हालसम्म निको हुने संकमितको संख्या दुई लाख दुई हजार ६७ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

सक्रमण निको हुने दर ९०.९ प्रतिशत पुगेको छ । आज देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतक संक्रमितको कुल संख्या एक हजार तीन सय ३७ पुगेको छ । संक्रमित मृत्युदर ०.६ प्रतिशत रहेको छ । हाल देशभर १८ हजार आठ सय ८७ जना सक्रिय संकमित रहेका छन् । देशभरका विभिन्न प्रयोगशालामा आज कुल १० हजार तीन सय ८१ स्वाब नमुनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।