इटहरीः मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेह्रथुम स्थायी घर भई हाल मोरङको टंकिसिनुवारीस्थित सशस्त्र प्रहरी बलको कंकालिनी गणमा कार्यरत ३३ वर्षीय नवीन बुढाथोकी रहेको अस्पतालका आइसाोलेसन प्रम्ुाख सुनिल देवले बताए । उनका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि गत कात्तिक २६ गते उपचारार्थ अस्पताल भर्ना भएका पुरुषको सोही दिन पीसीआर परीक्षण गरिएकोमा भोलिपल्ट उनी संक्रमित देखिएका थिए ।
संक्रमण पुष्टि भएसँगै अस्पतालको भेन्टिलेटरमा उपचाररत रहेका बुढाथोकीको उपचारका क्रममा गएराति ११ः२२ बजे ज्यान गएको देवको भनाइ छ । फोक्सोले काम गर्न छोडेपछि बुढाथोकीले ज्यान गुमाएको अस्पतालले जनाएको छ । मृतक बुढाथोकी सशस्त्र प्रहरीका प्रहरी निरीक्षक थिए ।