इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत सुनसरीका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा गएराति ज्यान गएको छ ।

ज्यान गुमाउनेहरुमा रामधुनी नगरपालिका ६ घर भएका ४० वर्षीय पुरुष र धरान उपमहानगरपालिका ७ घर भएकी ५० वर्षीया महिला रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार स्वासप्रस्वासको समस्याका कारण हिजो दिउँसो उपचारार्थ नोबेलमा भर्ना भएका रामधुनीका पुरुषमा सोही दिन साँझ संक्रमण पुष्टि भएकोमा आइसाोलेसनमा राखी उपचार सुरु गरिएका उनको उपचारका क्रममा राति करिब ११ः४० ज्यान गएको हो ।

यसैगरी, धरानकी महिलामा संक्रमण पुष्टि भई मंसिर ६ गते उपचारार्थ नोबेलमा भर्ना गरिएकोमा आइसोलेसनमा राखी उपचार सुरु गरिएकी उनको राति ९ः१५ बजे उपचारका क्रममा ज्यान गएको दाहालको भनाइ छ । मृतकहरुको शव नियमानुसार व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।