खोटाङः खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रम अनुसार यस वर्ष खोटाङ जिल्लामा २ हजार ३ सय ८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ ।
नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम अन्तरगर्त खर९फुस० तथा कच्ची छाना भएका जनतालाई जस्तापाता वितरण गरिने भएको हो ।
यस वर्ष फुसको छाना भएका वृद्ध, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई पहिलो प्राथामिकतामा राखेर जस्तापाता वितरण गरिने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।
आगामी वर्ष जिल्लाका अन्य खरको छाना भएका नागरिकको घरलाई समेत सम्बोधन गर्दै लगिनेछ भट्टराईले भने, यस वर्ष जस्तापाता वितरण गर्नको लागि जिल्लाका दशवटै स्थानीय तहलाई जिम्मा दिइएको बताए ।
शहरी विकास मन्त्रालय अन्तरगत वितरण गरिने जस्तापाता यस वर्ष सबै भन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३ सय ४८ घर स्थानीय बासिन्दाले पाउने भएका छन् । त्यस्तै हलेसी तुवाचुङ नगरपालिकामा ३ सय ४३ घरपरिवारको फुसको छानो हटाइने भएको छ । भने , जिल्लाका दशवटै स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा भएको जस्तापाताको छाना गाँउपालिका वितरण गर्दा ऐसेलुखर्क गाउँपालिकामा २ सय ३१, रावाबेँसी गाउँपालिकामा २ सय ६, जन्तेढुङ्गा गाउँपालिकामा २ सय २०, खोटेहाङ गाउँपालिकामा २ सय ८०, केपिलासगढी गाउँपालिकामा २ सय ११, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २ सय ३, साकेला गाउँपालिकामा १ सय ५० र बराहपोखरीमा गाउँपालिकामा १ सय ९६ घरधुरीले जस्ता छाना पाउने छन् ।
जस्तापाताको छाना वितरण गर्दा पुरानो मौलिक घरहरु ९खरको छाना भएको पुराको संरचनाका घुमाउने घर०का घरधनीले संरक्षण गर्न चाहेमा स्थानीय सरकारले वैकल्पिक व्यवस्था गर्ने गरि संरक्षणमा सहयोग गर्ने निर्णय गरिएको छ । यस्तै भूकम्पमा परेको घर जसलाई राज्यले अनुदान दिइसकेको छ भने, त्यस्तो घरलाई उक्त सुविधा नदिने निर्णय गरिएको सांसद बिशाल भट्टराईले बताए ।
यस्तै घर छाडेर अन्यत्र बसोबास गर्दै आएका तर, यताको पुख्र्यौली घरसमेत नछाडेकाहरुलाई समेत यो सुविधा नदिइने सांसद भट्टराईले बैठकमा बताए । सांसद भट्टराईले बैठकमा सहभागी स्थानीय तहका प्रमुखहरुलाई जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको अनियमिततालाई रोक्न सबै निर्देशन दिएका छन् ।