इटहरीः गायक तथा संगीतकार बिपिन घिमिरेले आफ्नो नयाँ गीत खास लाग्न थाल्यौं...को भिडियो यतीबेला रिलिज गरेका छन् । यो रोमाञ्चकारी गजलको भिडियोलाई उनले साम्बी इन्टरट्रेन्मेन्ट च्यानलबाट रिलिज गरेका छन् । बिपिन आफैंले यो गीतमा संगीत सृजना गरेका हुन् । दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् ।
यो गजलका रचनाकार नारायण प्रसाद सापकोटा हुन् । सापकोटाका थुप्रै गीत तथा गजलहरु छन् । गीतमा संगीत संयोजन किरण कँडेलको रहेको छ । यसलाई शम्भुकुमार तन्डुकारले मिक्सिङ गरेका हुन् ।
भिडियोमा नायकको रुपमा अभिनेता विशाल पोखरेल प्रस्तुत भएका छन् । अभिनेता पोखरेलले पनि आफुहरुको अभिनयलाई दर्शकले रुचाउने विश्वास लिएको बताएका छन् ।

thumble- final- khas lagna thalyo
यस्तै नायिकको रुपमा गायिकाको परिचय बनाएकी मोडल सरिता भारती छिन् । भिडियोमा यी दुईको अभिनय अब्बल बनेको छ । डेढ दर्जन भिडियोमा मोडलिङ गरिसकेकी गायिका भारती पनि संगीतकार तथा गायक विपिन घिमिरेबाटै प्रशिक्षित हुन् । आफ्नो गुरुको गीतमा मोडलिङ गर्न पाउँदा खुसी लागेको उनले बताएकी छिन् । बिपिन र सरिताको स्वरमा पनि चाँडै नयाँ गीत आउँदैछ ।
एक युवा र युवतीको प्रेम प्रसँगमा आधारित यो गीतको भिडियोमा पनि सोही अनुसारको कथा प्रस्तुत गरिएको छ । गीतको अबधारणा अनुसार बाटोमा आफ्नै स्कुटरले हानेर लडेका युवकलाई उठाएर उद्दार गर्दा युवक र युवतीबीचको प्रेम सम्बन्ध बसेको र उनी निकट भएको कथा भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियोमा रामशरण उप्रेतीको छायाँकन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन तथा रंग संयोजन रहेको छ । गीत र भिडियोले दर्शकको मन जित्नेमा गायक बिपिन आशाबादी छन् ।
खास लाग्न थाल्यौं... गीतको भडियोलाई गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । दुई महिना अघि छायाँकन गरिएको भिडियोलाई यतीबेला रिलिज गरिएको छ ।