इटहरीः युवा गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा निर्माण भएको नयाँ स्वादको गीत कान्छी मट्याङ ट्याङ.....मा गायक किरण भुजेल र गायिका एलिना चौहान नयाँ लुुुक्समा देखिने भएका छन् ।
सो गीतको केही दिनअघि मात्रै काठमाण्डौंमा भिडियो सुटिङ सकिएको छ ।

गीतमा टिकटकबाट भाइरल भएका अजय श्री र श्रेया सिटौंलाले पनि अभिनय गरेका छन् । गीत र यसको भिडियो निकै मेहनतसंग बनेकाले दर्शकहरुले मन पराउनेमा आफु ढुक्क रहेको गायक तथा संगीतकार घिमिरेले बताए । म्युजिक भिडियोको निर्देशन विधान कार्कीले गरेका छन् । शब्द सुनिल कटवालले लेखेका हुन् । गीतको एरेन्ज दिनेश न्यौपानेले गरेका हुन् । 

दशैं अघिबाट गायक तथा संगीतकार घिमिरेले संगीत गरेका आधा दर्जजन जति गीतको भिडियो यूटुब मार्फत सार्वजनिक भएका छन् । थप ४ वटा गीतहरु पनि बजारमा चाँडै आउने उनले बताए । संगीत बिषयमै पिएचडीको तयारी गरीरहेका घिमिरेले संगीत गरेका गीतहरुमा श्रोता तथा दर्शकहरुले नयाँ स्वाद पाइरहेका छन् ।

127196983_4730410700363806_4773679891375100090_n 127469418_4730410600363816_1422706297897438932_n 127540759_4730410367030506_2189481393706591140_n