इटहरीः मोरङको विराटनगरस्थित नाेबेल मेडिकल कलेज शिक्षणा अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे उपचारका क्रममा ज्यान गएकाे छ । मृत्यु हुनेमा मोरङकै उर्लाबारी नगरपालिका ५ घर भएका ५५ वर्षीय पुरूष रहेकाे अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

उनका अनुसार छाति तथा पेट दुख्नेजस्ता समस्या अाएपछि उपचारार्थ मंसिर ४ गते नाेबेलमा भर्ना भएका पुरूषमा पीसीअार परीक्षण गर्दा उनी ५ गते संक्रमित देखिएका थिए । संक्रमण देखिएसँगै अाइसाेलेसनमा राखी उपचार थालिएका उनकाे गएराति करिब ११ बजे ज्यान गएकाे दाहालकाे भनाइ छ ।