इटहरीः राजेश घिमिरे र मेलिना राईको स्वर रहेको 'स र र र' सार्वजनिक भएको छ । जहाँ एकतारे सविन र सरोज परियारको शब्द र गायक घिमिरेकै संगीत सुन्न सकिन्छ ।

 गीतको म्युजिक भिडियोमा आँचल शर्मा र मुकुन भुसाल फिचर्ड छन् । निकेश खड्काले निर्दशन गरेको भिडियोमा दुई जनाको प्रेमलाई देखाइएको छ । पछिल्लो समयका गीतहरुभन्दा केही फरक तरिकाले प्रस्तुत गरिएका कारण गीतलाई दर्शकहरुले रुचाउने निर्देशक खड्काको विश्वास छ ।

2 (1)

यता, गायक घिमिरे गीत मेहनतका साथ बनाइएकाले दर्शक स्रोताले मन पराउनेमा दुक्क छन् । गीतको म्युजिक भिडियोमा अनिता ग्वाचाको मेकअफ , प्रविन श्रेष्ठको सम्पादन र कलर तथा हरि हुमागाईं र हरिश सिंहको छायाँकन देख्न सकिन्छ । गीतलाई नेप्कोम्स सर्भिस र रे प्रोपेर्तिसले निर्माण गरेको हो ।