इटहरीः लामो समयदेखि बेलायतको लण्डनमा बस्दै आएका धनकिरण गुरुङले लण्डनबाट नै नयाँ गीत सार्वजनिक गरेका छन् ।

धनकिरण गुरुङकै शब्द,संगीत तथा स्वर रहेको ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो । अल्का गुरुङले निर्माण गरेको भिडियोमा धुर्ब दत्त र रिया लिम्बु फिचर्ड छन्। सुमन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रभु गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

dhrub

सुशील गुरुङले सम्पादन गरेको भिडियोलाई नविन निरौलाले कलर संयोजन गरेका छन् । डिजी प्रोडक्सनले निर्माण गरेको भिडियोमा जीवनको पलहरुमा आफूले सोचेको सपनाहरु सँधै पूरा नहुन पनि सक्छ । आफूले बनाएको मित्रता अनि साथी पनि मायामा परिणत हुने धेरै भनाइहरु छन, तर केही परिस्थिति र समयमा मायाको ठूलो आशा र भरोशाहरु निरासामा बदल्न पनि सक्ने जिन्दगीको यथार्थ चित्रण गरिएको छ ।

बेलायतका पहिलो नेपाली काउन्सलर समेत रहेका गुरुङको थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।