विराटनगरः प्रदेश १ मा हिजो २२६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३–३, सुन्दरहरैचा र कानेपोखरीमा २–२, रंगेली, ग्रामथान र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४–४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । यस्तै, झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा ७, शिवसताक्षीमा ४, दमक र बुद्धशान्तिमा ३–३, मेचीनगर, अर्जुनधारा, गौरादह र झापा गाउँपालिकामा २–२, र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

 ताप्लेजुङको फुङलिङमा १३, पाथीभरा याङ्वरकमा ८, उदयपुरको चौदण्डीगढीमा ५, त्रियुगामा २, कटारी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, देउमाई र मांसेबुङमा १–१ जनामा संक्रमण देखिएको छ । उता धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २–२, शहिदभूमीमा १, संखुवासभामा १, ते¥हथुमको म्याङलुङमा १, भोजपुरमा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार २६२ पुगेको छ ।

प्रदेशमा सोमबार १०२ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय र न्युरो अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार २८५ पुगेको छ ।

प्रदेशमा सोमबार १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ९० महिला र १३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९१ हजार ४२६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।