संखुवासभाः नेकपामा केन्द्रिय कमिटि सदस्य तथा प्रेस संगठनका इन्चार्ज एवम् प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले नेकपामा देखिएको विवाद अन्त्य गर्न महाधिवेसन आवश्यक रहेको बताएका छन् । उनले नेकपामा पाटीको नेतृत्व गर्ने विषयमा विवाद भएको र त्यो विवादको किनार महाधिबेसनले मात्र लगाउन सक्ने जानकारी दिएका छन् ।
गौतमले भनेका अबको केन्द्रीय कमिटीको बैठकबाट महाधिवेशको कार्यतालिका माथि छलफल गरेर त्यसको कार्यान्वयन तिर लाग्नुपर्छ । जति सक्दो महाधिवेशन गर्न सकियो त्यती नै चाँडो नेकपा ९नेकपा०को विवाद अन्त्य हुनेछ । तोकिएको समय भित्र पार्टीको महाधिवेशन गर्न सकिएको भए पार्टीभित्र अहिले भईरहेको विवाद हुने थिएन र पार्टी नयाँ सिद्धान्त, विचार र कार्यक्रम सहित अगाढी बड्ने थियो ।
विभिन्न सञ्चार माध्यममा आएका तथा नेताहरुले सार्वजनि रुपमा भनेका पार्टी भित्रका विवादको विषयमा वोल्ने गरेका अभिव्क्तीहरु हाल आएर पार्टीको कमिटीमा लिपिबद्ध गराएर छलफल गराउनु एउटा सकारात्मक सन्देश भएको गौतमको भनाई छ ।
हिजोको दिनमा पुर्व नेकपा (एमाले) तथा एनेकपा (माओवादी) केन्द्रले लिएको सिद्धान्त, विचार तथा कार्यक्रम फरक रहेका थिए । ति सिद्धान्त, विचार तथा कार्यक्रमलाई थाती राँखेर अब जनताको जनबाद माथी छलफल गरेर पार्टीलाई अगाडी वढाउनु पर्ने आवश्यकता रहेको गौतमले जनाएका छन् ।
हिजोको दिनमा रसियन कम्युनिष्ट पार्टी तथा चिँनिया कम्युनिष्ट पार्टीको दुई लाईनको संघर्ष हुँदा पनि पार्टी विभाजन हुने खतरा रहेको समयमा समेत ति पार्टीहरु विभाजित भएका थिएनन् । तिनिहरुले पार्टीलाई विभाजन नगरिकन व्यवस्थापन गरेको उदाहरण हामीसामु रहेको छ ।
विश्वमा कही नभएको दुई जना अध्यक्ष भएको पार्टीको व्यवस्था हामीले गरेका छौं । अहिले हाम्रो पार्टी नेकपा ९नेकपा० सांगठनिक तथा वैचारीक रुपमा संक्रमणकालीन अवस्थामा रहेको गौतमले भनेका छन् । नेकपा कुनै कार्यकर्ताको लागि नफुट्ने भन्दै उनले भने यदि पार्टी फुट्ने अवस्था आएमा त्यो केहि स्वार्थ समुहले फुटाउन खोज्ने छन् । उनले भने देशको नेतृत्व गर्नका लागि पार्टी विभाजन नभई एकताको पक्षमा लाग्नु नै उपयुक्त हुनेछ । पार्टीभित्र अवको महाधिवेशबाट उमेरहद लागु हुनुपर्ने गौतमको भनाई छ । उनले भने उमेर मात्र नभएर उनको दृष्टिकोण, विचार समेत युवाशक्तिले अवलम्बन गर्ने खालको हुनुपर्नेछ । गौतमले पुस्तान्तरण तथा नेतृत्व हस्तान्तर पार्टीभित्र महत्वपुर्ण भएको बताएका छन् ।